काठमाडौं २ असार २०८२,।
जेष्ठ ३१ विश्व रक्तदाता दिवसको अवसरमा ॐ समाज डेन्टल अस्पताल, बन्स्थली शाखाले काठमाडौंको माछापोखरी चोकमा आज बिहान आयोजना गरेको नि:शुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रह्यो। शिविरमा सहभागीहरूलाई नि:शुल्क दन्त परीक्षण, अस्पतालमै दाँत सफा सेवा,रक्तदान अन्य सेवाहरूमा विशेष छुट गराइएको थियो ।
९३ जनाले आफ्नो दन्त स्वास्थ्य परीक्षण गराएका थिए।
शिविरको विशेष क्षणमा वरिष्ठ डा. सुवास घिमिरेले ९४ वर्षीया आमाको दाँत परीक्षण गर्दै सम्पूर्ण उपचार नि:शुल्क गरिदिने घोषणा गरेपछि उपस्थितहरू निकै भावुक बने।
कार्यक्रममा ॐ समाज डेन्टल परिवार, लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगा र तारकेश्वर क्लब ६० को बाक्लो उपस्थिति तथा सक्रिय सहभागिता रहेको थियो।
शाखा प्रमुख सबिना पापन गुरुङले भनिन्:
“हामीले दन्त सेवा सुलभ बनाउन र जनचेतना फैलाउन यस्ता शिविर सञ्चालन गर्दै आएका छौं। समुदायको सहभागिता उत्साहजनक रह्यो।”
क्लब ६० का अध्यक्ष राजन थापा भ्नछन् “सामाजिक उत्तरदायित्व अन्तर्गत हामी यस्ता स्वास्थ्य सेवामा सधैं साथ दिनेछौं। आजको कार्यक्रम सबैको सहकार्यको नतिजा हो।”
विशेष आकर्षण
डडेल्धुरा घर भई हाल तारकेश्वर–१ मा बसोबास गर्दै आएका ३८ वर्षीय उमेश बोहोराले ७० औँ पटक रक्तदान गर्दै प्रेरणादायी कीर्तिमान राखे।
कार्यक्रम संयोजक राजकुमार थापाले भने, “उमेश बोहोरा जस्ता समर्पित रक्तदाताको उपस्थिति आजको कार्यक्रमको विशेष आकर्षण बन्यो।”
कार्यक्रममा सयौं स्थानीयले सेवा पाए। आयोजकहरूले यस्ता जनमुखी कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।









तपाईको प्रतिक्रिया