छ लाख भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौं १ असार २०८२,।

विगत पाँच महिनाको अवधिमा छ लाख ३२ हजार भन्दा बढी अफगानी शरणार्थीहरु इरानबाट स्वदेश फर्केका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्तका प्रवक्ता फरामर्ज बर्जिनका अनुसार चालु वर्षको जनवरी देखि मे सम्ममा उनीहरू इरानबाट अफगानिस्तान फर्केका हुन् ।

यस्तै अप्रिल–१ देखि हरेक दिन औसत पाँच हजार ५०० मानिस इरानबाट फर्किरहेको स्थानीय सञ्चार माध्यमले बर्जिनलाई उद्धृत गर्दै जनाएको छ ।

स्थानीय मिडियाका अनुसार इरानबाट फर्केका शरणार्थीहरूले अफगान अन्तरिम सरकारबाट आवश्यक सहयोग र उचित बसोबासको सुबिधा पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया