देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाण्डौ १८ जेष्ठ २०८२,

गण्डकी प्रदेश सरकारले लागू गरेको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सोमबार देखि देशभर अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन्।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक यातायातका सवारी साधनहरू ग्यारेजमा थन्क्याएर आन्दोलन गर्ने निर्णय गरेको हो।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले गण्डकी प्रदेश सरकारले निजी प्रयोजनका लागि दर्ता गरिएका सवारी साधनलाई भाडामा प्रयोग गर्न अनुमति दिने नियमावली तत्काल खारेज गर्न माग गरेका छन्। उनले सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाएर समस्या समाधानको माग गरे पनि सुनुवाइ नभएको बताए।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार जारी गरेको विज्ञप्तिमा बन्दका कारण उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख छ।

तपाईको प्रतिक्रिया