आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौं  १५ जेठ २०८२।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब खर्ब ६४ अर्ब ११ करोड अर्ब करोड लाख हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।

यसमध्ये चालु खर्च ११ खर्ब खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, ४ खर्ब ७ अर्ब ८९ करोड अर्थातः २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब अर्ब २४ करोड रुपैयाँ अर्थातः १९.३ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । आगामी वर्ष सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य राखेको थियो ।

आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब सङ्कलन गर्ने, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया