स्टार्टअप उद्यमीलाई सरकारले ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने

BusinessPost बिजनेस पोष्ट

काठमाडौँ १५ जेठ २०८२।

सरकारले स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्टार्टअप उद्यमीलाई ७३ करोड विनियोजन गरेको जानकारी दिए ।

साथै काम खोज्ने होइन काम दिने युवाको सङ्ख्या वृद्धि गर्न नवप्रवर्द्धनमा आधारित स्टार्टअप कार्यक्रम प्रवर्द्धन गरिने जानकारी दिए । जेनजी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकारले विश्वविद्यालय र निजी क्षेत्रको सहयोगमा इन्कुलेशन सेन्टर सञ्चालन गरिने घोषणा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया