सरकारको नयाँ ब्यवस्था : नेपालीलाई विदेशमा लगानी गर्न दिइने

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौं १५ जेठ २०८२।

सरकारले नेपालीहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ ।

नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् ।

विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि उनले बताए । विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्ने उनले बताए । हालसम्म नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ ।

तपाईको प्रतिक्रिया