भन्सार छलेर भारततर्फ लैजाने क्रममा भेप बरामद

biznesspost-businesspost
Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

प्रिमेश सिवाकोटी

रौतहट १४ जेठ २०८२ -सशस्त्र प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट ९भेप० बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट छतौनाले मंगलबार सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका २ हथियौलबाट विद्युतीय चुरोट बरामद गरेको हो । भारततर्फ लैजाँदै गरेको ७ सय ९५ पिस विद्युतीय चुरोट बरामद भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए । बीआर ०६ बी क्यू ५४२७ नम्वरको मोटरसाइकलमा भारततर्फ भन्सार छलेर लैजान लागेको अवस्थामा विद्युतीय चुरोट बरामद गरिएको चन्दले जानकारी दिए ।ओसारपसारमा संलग्न मानिस भने सुरक्षाकर्मीलाई देख्नासाथ मोटरसाइकल छाडेर फरार भएका छन्। बरामद गरिएको विधुतीय चुरोटको मूल्य १५ लाख ५० हजार रुपैँयाँ बराबर रहेको उनले जानकारी दिए । भेप र मोटरसाइकल थप अनुसन्धानका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको उपरीक्षक चन्दले जानकारी दिए ।

तपाईको प्रतिक्रिया