काठमाण्डौ ०८ वैशाख २०८२।
ट्रेड टावर लिमिटेडले आज, बैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै प्राथमिक साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको जारी पूँजीको ४८.६९६ प्रतिशत बराबरको ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ मूल्य बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
यसको पहिलो चरणमा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर सार्वजनिक गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखाहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराइएको क्रेडिट रेटिङमा इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई ‘ICRA NP Issuer Rating Double B Minus’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।










तपाईको प्रतिक्रिया