निरंकुश शैलीका नेताहरुका कारण लोकतन्त्र खतरामा पर्यो : बुद्धिजिवीहरु

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाण्डौ १० जेठ २०८२।

दलहरुका अराजक नेता तथा कार्यकर्ताहरुका कारण वर्तमान व्यवस्थामाथि खतरा रहेको बुद्धिजिवीहरुले बताएका छन् ।
गणतन्त्र दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय बौद्धिक केन्द्र ललितपुरले आयोजना गरेको लोकतन्त्र बचाऔँ विषयक बिचार गोष्ठीमा सहभागी वक्ताहरूले अहिले सडकमा लागेको राजा आऊ देश बचाउको नारा राजा ल्याउनका लागि नभएको बताए । त्यो नारा दलका नेताहरू र सरकारमा रहेका मन्त्रीहरूको अर्कमन्यताका कारण लागेको र त्यो राजा आऊ भनेको तिमीहरू जाऊ भनेको हो भन्ने तर्क गरे । वक्ताहरूले दलहरूले एकै ठाउँमा बसेर छलफल गरी नागरिकको आक्रोश र चाहनाको सम्बोधन गर्नु पर्ने र लोकतन्त्रमा कसैलाई निषेध गर्न नहुने बताए ।

सो कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य ओमकार प्रसाद श्रेष्ठले लोकतन्त्रमा पुर्बराजाले पनि बोल्ने लेख्ने अधिकार रहेको बताए । बोलेकै आधारमा, आन्दोलन गरेकै आधारमा निरकुश शैलीमा पेल्न नमिल्ने उनले बताए । उनले अहिलेका दलहरु छाडा भएको आरोप लगाए । श्रेष्ठले वर्तमान संविधान नेपाली जनताले नबनाएको भन्दै यसका कतिपय प्रावधानहरू परिवर्तन गर्नै पर्ने खाँचो औल्याउदै यसका लागि लागि खुला दिमाग सहित गोलमेच सम्मेलन गर्न ढिला गर्न नहुने बताए । जनताले अहिले राजा खोजेको नभइ अहिलेको नेतृत्वको विकल्प खोजेको श्रेष्ठको भनाइ थियो । त्यसैगरी विशेष अतिथि पुर्बमन्त्री तथा काँग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले वास्तम्बमै अहिले लोकतन्त्र भिभभित्रै मर्न थालेको बताए । उनले सबै मिलेर यो उन्न व्यवस्थाको रक्षा गर्नुपर्ने बताए ।

राष्ट्रिय बौद्धिक केन्द्र अध्यक्ष पवनलाल श्रीवास्तवको अध्यक्षतामा भएको बिचार गोष्ठीमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य प्रेम महर्जन, जसपा नेतृ तथा प्रतिनिधिसभा सदस्य रेखा यादव समेत वक्ता थिए ।
उनीहरूले आफ्नो दलको नेतृत्वको कार्यशैली चित्त नबुझेको तर दलीय अनुशासनका कारण धेरै बोल्न नमिले पनि यस प्रकारका फोरमहरू मार्फत भने अब बोल्नैपर्ने दिन आएको बताए ।

तपाईको प्रतिक्रिया