सबैलाको कुसमाहामा विश्व हात स्वच्छता दिवस कार्यक्रम सम्पन्न

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौं २४ वैशाख २०८२।

सबैलाको कुसमाहामा विश्व हात स्वच्छता दिवस कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारी सबैला नगरपालिकाको समन्वयमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना GSS ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
मे ५ तारिकमा विश्व हात स्वच्छता दिवस मनाइन्छ । यस वर्ष ”It might be gloves,it is always hand hygiene” मुल नाराको साथ यो दिवस मनाइएको छ । सबैला नगरपालिका वडा न ९ को टोलहरुबाट महिला, किशोरीहरु , महिला स्वास्थ्य स्वयमसेविकाहरु, वडा सदस्यहरु,राम जानकी मा वि सतोषरको विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरु, स्वास्थ्य कर्मिहरु र शिक्षकहरु गरि ७३ जनाको सहभागितामा यो दिवस मनाइएको हो ।
कार्यक्रममा हातको स्वच्छता कायम गर्न सकेमा विभिन्न रोगको जोखिम कम गर्न सकिने र जोखिमपूर्ण अवस्थामा सहि तरिकाले हात धुने र सफाई समाग्रीको उचित प्रयोग गर्न सकेमा सामान्य सावधानीले पनि ठूलो क्षतिको सम्भावनालाई कम गर्न सकिने छलफल र प्रस्तुतिकरण गरियो । छलफलको सहजिकरण जानकी महिला जागरण समाजको कार्यक्रम अधिकृत खगेन्द्र दाहालले गर्नुभएको थियो ।
कार्यक्रममा हातको स्वच्छता कायम गर्न हात धुने सहि तरिकाको प्रयोग गरि प्रदर्शन गरियो भने सन्देशमुलक भिडियोहरु प्रदर्शन गरियो । जोखिमपुर्ण अवस्थामा कम्तिमा पनि खाना खानु र बच्चालाई खुवाउनु अगाडि,खाना बनाउनु अगाडि ,फोहोर चिज छोएपछि, चर्पिको प्रयोग गरेपछि र बच्चाको दिशा धोए पछि सावुन पानिले हात धोएमा रोग लाग्ने जोखिम धैरै कम गर्न सकिन्छ ।
कार्यक्रममा यो दिवसको सफलताको सुभकामना आदान प्रदान गरियो । हातको सफाई र सरसफाईको कुराहरु व्यवहार परिवर्तनको पाटो भएकाले सानो उमेरबाटनै बालबालिकाहरुलाई असल अभ्यास गराएमा राम्रो हुने कुरामा जोड दिइयो । कार्यक्रममा वडा अध्यक्ष मनिष कुमार रायले यो कार्यक्रम हेर्दा सानो र सामान्य लागे पनि यो दिवस महत्वपूर्ण रहेको वताउनु भयो । समाजिक संघ संस्थाले स्थानिय सरकारसँग मिलेर समाजमा यस्ता कार्यक्रमहरु निरन्तर गरेमा सरसफाइको अवस्थामा सुधार ल्याउन सकिने र दिवसको औचित्य पुरा हुने वताउनु भयो ।

तपाईको प्रतिक्रिया