|
९ महिना अगाडि
काठमाडौँ ०९ वैशाख २०८२।
कक्षा १२ को राष्ट्रिय परीक्षा वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न अनुरोध गरेका थिए। सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सरेको हो। बोर्डले भोलि परीक्षा सार्ने सूचना तथा परीक्षा तालिका सार्वजनिक गर्ने शर्माले बताए ।












तपाईको प्रतिक्रिया