शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाण्डौ ०८ वैशाख २०८२- 

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन्। शिक्षकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईको राजीनामा आएको हो।

भट्टराईको निजी सचिवालयका अनुसार, उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएकी छन्। विद्यालय शिक्षा विधेयक र निःशुल्क शिक्षाको विषयमा प्रधानमन्त्री ओलीसँग उनको विवाद रहँदै आएको थियो। पार्टी बैठकमा समेत भट्टराईले प्रधानमन्त्रीले विधेयकको विषयमा जथाभावी बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्।

तपाईको प्रतिक्रिया