लुम्बिनी विकास बैंक र एनसीएचएल बीच सम्झौता

बिजनेस पोष्ट

काठमाडौं २७चैत २०८१- लुम्बिनी विकास बैंक र एनसीएचएल बीच NPS -NCSतथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गर्नु भएको हो ।

एनसीएचएलले हालै NPS–NCS को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम NEPALPAY Card र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु NPS–NCS र NEPALPAY Cardमा आवद्ध भइरहेका छन् । NEPALPAY पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लुम्बिनी विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

NPS–NCS लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेश सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदानगर्दै आएको छ । NPS– र NCS कोNEPALPAY Card कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको छ । नेपालको अग्रणी विकास बैंकहरु मध्येको लुम्बिनी विकास बैंकले देश भरी रहेका ८९ वटा शाखाहरु र २० एटीएम टर्मिनल मार्फत ६ लाख भन्दा बढि ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया