सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

बिजनेस पोष्ट

काठमाण्डौ १ फागन २०८१

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति नजिकिएको छ। कम्पनीले फागुन २ गते (भोली) एक दिनका लागि बुक क्लोज गर्ने घोषणा गरेको छ।

यसअनुसार, नेप्सेमा आजसम्म कारोबार गरिसकेका शेयरधनीहरूले कम्पनीको वार्षिक साधारण सभामा सहभागिता जनाउन र वितरण हुने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सले आफ्नो ३१औँ वार्षिक साधारण सभा फागुन १५ गते, लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौंमा आयोजना गर्नेछ। सभा बिहान १०:३० बजे सुरु हुनेछ।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरू पनि पेश गरिनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया