काठमाडौं २३ माघ २०८२ -नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा संस्थाले आज माघ २३ गते काठमाडौंको नक्सालस्थित नारायणचौर प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाइरहेको छ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको यस संस्थाले वि.सं. २०६६ सालदेखि निरन्तर व्यावसायिक र ग्राहक–केन्द्रित सेवा प्रदान गर्दै आएको छ।
डेढ दशकको यो यात्रामा नबिल इन्भेस्टमेन्टले व्यावसायिकता, सुशासन र पारदर्शिताका माध्यमबाट लगानीकर्ता र सरोकारवालाहरूको विश्वास जित्न सफल भएको छ। बदलिँदो वित्तीय बजारको मागअनुसार आफूलाई परिमार्जन गर्दै आएको यस संस्थाले दीर्घकालीन लगानी र परामर्शका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। हाल यसले मर्चेन्ट बैंकिङअन्तर्गत निष्कासन तथा बिक्री प्रबन्ध, डिपी सेवा, सेयर रजिस्ट्रार र प्रत्याभूति जस्ता सेवाहरू प्रदान गरिरहेको छ।










तपाईको प्रतिक्रिया