होटल फरेस्ट इनको आइपिओ खुल्यो

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाण्डौ ४ माघ २०८२

होटल फरेस्ट इनले आज (आइतबार) देखि आइपिओ बिक्री खुला गरेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले आइपिओ निष्कासन गरेको हो।

कम्पनीले ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये ४ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ४ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।  कम्पनीको आइपिओमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ १८ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया