एनआईसी एसिया बैंकका ग्राहकले काइरोप्रैक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौं०८ मङ्सिर २०८२ -एनआईसी एसिया बैंकका ग्राहकले काइरोप्रैक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। त्यसका लागि थेरापी सेन्टर र बैंकबीच छुट सम्झौता भएको छ।

सम्झौतापश्चात यस बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ९प्रमुख सूचना अधिकारी० जयन्द्र रावलले जानकारी दिए।

उनका अनुसार यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंकमार्फत भुक्तानी गर्नुपर्ने छ।

उक्त थेरापी सेन्टरसँगको सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।

तपाईको प्रतिक्रिया