एनएमबी बैंकले १० प्रतिशत लाभांश दिने

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौँ ०७ मङ्सिर २०८२।

एनएमबी बैंकले १० प्रतिशत लाभांश दिने भएको छ।

बैंकको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ।

बैंकको प्रतिकित्ता सेयर अहिले दुई सय ३७ रूपैयाँमा कारोबार भइरहेको छ।  

यसअघि बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो। 

तपाईको प्रतिक्रिया