काठमाडौँ २० कात्तिक २०८२।
नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाउँदै आफ्नो बलियो आधार कायम राखेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा १४.५७ प्रतिशतले घटे पनि समग्र वित्तीय स्थिति मजबुत देखिन्छ।
बैंकको खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशतले वृद्धि भएको छ, जसले गैर-ब्याज आम्दानीमा उल्लेखनीय सुधार भएको संकेत गर्छ। कुल सञ्चालन आम्दानीमा १.०३ प्रतिशतको सामान्य कमी आए पनि वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ कायम छ। प्रतिशेयर वितरणयोग्य आम्दानी ३० रुपैयाँ १५ पैसा पुगेको छ, जसले लगानीकर्तालाई आकर्षक प्रतिफलको अवसर प्रदान गर्छ।
प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात १९.९७ गुणा छ। चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा वितरण गरेको छ।
खुद ब्याज आम्दानी ५.७७ प्रतिशत र सञ्चालन मुनाफा १०.८४ प्रतिशतले घटेका छन्। इम्पेयरमेन्ट चार्ज ४५ करोड ७७ लाखबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
गत वर्ष ४.२४ प्रतिशत रहेको खराब कर्जा अनुपात यस वर्ष घटेर ४.३१ प्रतिशतमा झरेको छ।











तपाईको प्रतिक्रिया