सुनचाँदीको मूल्य बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
३ दिन अगाडि

काठमाडौँ ७ मंसिर, २०८३ । 

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार आठ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया