सुन र चाँदीको मूल्यमा उच्च गिरावट

Bizness Post बिजनेस पोष्ट
|
२ हप्ता अगाडि

काठमाडौँ २७ कार्तिक, २०८३।

नेपाली बजारमा सुन र चाँदीको मूल्य उच्च दरमा घटेको छ। तिहार बिदा सकिए लगत्तै कात्तिक २७ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ घटेको छ।

तिहार बिदा अघिको अन्तिम कारोबार दिन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन, यस दिन २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५५ रुपैयाँ घटेको छ। कात्तिक २० गते, शुक्रबार तोलाको ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया