काठमाडौं२४ भाद्र २०८३ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको छ। सरकारका अनुसार कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात छ। उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकमा खोलिएका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ रहेको छ।
यस्तै, दुई वटा वाणिज्य बैंकमा कोषको २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको छ।










तपाईको प्रतिक्रिया