नेको इन्सुरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३५ लाख सहयोग

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं १७ भाद्र २०८३-

नेको इन्सुरेन्स लिमिटेडले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु ३५ लाख सहयोग गरेको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट सञ्चालक समितिका सदस्य मणि देव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रु ३५ लाख बराबरको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपद्का कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनारागमनमा टेवा पुगोस् भन्ने मनसायले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम प्रदान गरेको हो ।

साथै, कम्पनीले आगामी दिनहरूमा पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सजग रहँदै विपद्‌मा परेका समुदायको सहयोग तथा पुनः स्थापनाका लागि निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

Advertisement