काठमाडौं १४ भाद्र २०८३।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि रु. ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ।
बैंकले उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेको हो।
हाल प्राकृतिक विपद्का कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित नागरिकको दैनिक जीवन कष्टकर बनिरहेका बेला राहत कार्यमा सहयोग पुर्याउन रकम प्रदान गरिएको बैंकले जनाएको छ।
विपदमा सरकारसँगै उभिने बैंकको प्रतिबद्धता
कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी तथा उद्धार कार्यमा सरकारलाई सहयोग पुर्याउन बैंकले ऐक्यबद्धता जनाएको छ। बैंकले उद्धार र पुनःस्थापनाको मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
बाढीमा परी ज्यान गुमाएकाहरूप्रति बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै बेपत्ताहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।











तपाईको प्रतिक्रिया