विधान संशोधन, नयाँ जिम्मेवारी बाँडफाँड र आगामी कार्ययोजनालाई सर्वसम्मत पारित गर्दै नेपाल बाथरोग मैत्री समाजको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. बुद्धि पौडेलको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा समाजका अध्यक्ष बालरामकृष्ण बन्जाडेले संस्थाले संचालन गरेका विविध गतिविधिहरूबारे जानकारी गराउनुभएको थियो।
साधारण सभाको बन्द सत्रमा कोषाध्यक्षका तर्फबाट सह-कोषाध्यक्ष रामप्रसाद अधिकारीले पेस गर्नुभएको आर्थिक प्रतिवेदनलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ। त्यसैगरी, अध्यक्ष बन्जाडेद्वारा प्रस्तुत विधान संशोधन, कार्यसमितिको जिम्मेवारी फेरबदल र भावी योजनासम्बन्धी प्रस्तावहरूलाई समेत सभाले सर्वसम्मत रूपमा स्वीकृति प्रदान गरेको छ।
कार्यक्रमकै अवसरमा समाजमा रिक्त रहेका महत्त्वपूर्ण पदहरूमा नयाँ जिम्मेवारी चयन गरिएको छ। जसअनुसार महासचिव पदमा सुश्मा रेग्मी सिग्देल र सचिव पदमा भीम शर्मा पौडेललाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय पारित भएको जानकारी समाजका सदस्य हरिप्रसाद तिमल्सिनाले दिनुभएको छ।











तपाईको प्रतिक्रिया