|
५ महिना अगाडि
काठमाडौं २१ असार २०८३।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४.४४ मेट्रिक टन अनुदानित रासायनिक मल बिक्री वितरण गरेको छ ।
शनिबार (असार २०) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत उक्त परिमाणको अनुदानित मल बिक्री वितरण गरिएको बताए ।
०८२ चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार ७१६.४५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पाेरेसनबाट ३५ हजार ४७८.१० मेट्रिक टन अनुदानित रासायनिक मल बिक्री वितरण गरिएको हो ।
सरकारले रासायनिक मल वितरक कम्पनीलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित, वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्थापन (दोस्रो संशोधन कार्यविधि),२०८३ समेत जारी गरेको छ । रासस












तपाईको प्रतिक्रिया