सरकारको सार्वजनिक ऋण : सदुपयोग नहुँदाको चिन्ता कि बढ्दाको ?

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

रिसव गौतम
नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण ब्यवस्थापन कार्यालयको जेठ मसान्तसम्मको तथ्याकं अनुसार सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड पुगेको छ । जुन आगामी आर्थिक बर्ष ०८३–८४का लागि ल्याइएको बजेट भन्दा ८ खर्ब बढीले बढी हो । र, त्यो नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ४४.८७ प्रतिशत बराबर हो ।
सरकारले गत ११ महिनामा २ खर्ब ८७ अर्ब १४ करोड भन्दा बढी सार्वजनिक ऋण थपेको छ । देशको थाप्लोमा सार्वजनिक ऋण रकम बढीरहँदा धेरै कोणमा चिन्ता र चासोहरु बढीरहेका छन् । अर्थात ऋणले जनमानसमा चिन्ता मात्र बढाइरहेको छ, अझ विपक्षी राजनीीतक दलहरुलाई सरकारले ऋण थपिरहेको विषय आलोचनाको लागि मसला बनिरहेको छ तर ऋण विकास निर्माण र देशको अग्रगमनको लागि सुविधा वा औजार हो, त्यसको सही सदुपयोग गरेर प्रतिफल खोज्नुपर्छ भन्ने आवाज मधुरो सुनिने गरेका छन् ।


वास्तम्बमा भन्ने हो भने ऋण लिनै हुदैनथ्यो भने आन्तरिक रुपमा यत्रा बैंकहरु किन खुले, अन्तराष्टिय स्तरमा त्यत्रा बैक तथा वित्त कोषहरु किन खुले त ? त्यसकारण ऋण लिनै हुदैन भन्ने होइन् । अर्थमन्त्री वाग्लेले भन्याजस्तो ऋण लिँदैमा आकासै खस्ने पनि होइन् । तर लिइएका ऋण रकमहरुको सही सदुपयोग, सावाँब्याज भुक्तानीको ब्यवस्थापकीय शिल्प र त्यसको पब्लिक लेबलमा पनि अडिट हुनुपर्ने आवश्यकता छ । किनकी आजको दिनमा नेपाल सरकारले बार्षिक रुपमा उठाउने राजस्व आम्दानी (बार्षिक १२ खर्ब चानचुन ) ले देशको सञ्चालन खर्च पनि धान्दैन । त्यसले गर्दा पनि शिघ्र आर्थिक विकासको लागि पुँजीको स्रोतको रुपमा आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बाध्यता हिजोको सरकारलाइ पनि थियो र आजको सरकारलाई पनि त्यो छ । विगतमा कसले, कुन सन्र्दभमा के बोल्यो भन्ने कुरा बेग्लै हो । तर देशको वास्तविकता शिघ्र पुर्वाधार विकास हो । जसले भोलीका दिनहरुमा देशको उत्पालन र उत्पादकत्व बढाउन मद्धत गर्छ । त्यसका लागि ऋण उठाउनु पर्ने वस्तुगत अवस्था नै छ । देशका कयौ ठुला राष्टिय गौरवका आयोजनाहरु निर्माणाधिन छन् । जस्तो कि काठमाण्डौ निजगढ फाष्ट टर्याक, निजगढ अन्र्तराष्टिय विमानस्थल, ११ मेगावाटको बुढीगण्डकी जलविधुत आयोजना, पश्चिमसेती जलविधुत आयोजना, अरुण थर्ड जलविधुत, हुलाकी राजमार्ग, भेरी बबई डाइभर्सन लगायत २५ भन्दा बढी राष्टिय गौरभका आयोजनाहरु छन् । ति कति त निर्माण सम्पन्न हुने, कति निर्माणाधिन त कति पुँजी अभावले सुरुवात नै हुने सकेका छैनन् । ती आयोजनाहरुले देशको उत्पादन र उत्पादकत्व बृद्धिमा महत्वपुर्ण योगदान दिने कुरा अकाट्य छ । त्यस्ता प्रतिफल दिने, देशको मुहार फेर्ने आयोजनाहरु पुँजी अभावमै सकुंचित भएका छन् । जसकारण त्यसको निमार्ण सम्पन्न भएर देशले प्रतिफल चाखेर सम्बृद्धि हासिल गर्ने कुरा मुलत बजेट भावले पर सरिरहेको छ । फलस्वरुप बर्षेनी हुने महंगीका कारण तिनका लागत बढीरहेका छन् । त्यसकारण देशको राष्टिय महत्वका अधिक प्रतिफल दिने र अर्थतन्त्रलाई विस्तार गरि रोजगारी, आयआर्जन तथा आर्थिक बृद्धिलाई सघाउने ती आयोजनाहरु बनाउन पनि सार्वजनिक ऋण उठाउनु पर्ने आवश्यकता छ । तर त्यसरी उठाइएका ऋण रकमहरु सदुयोग भए वा भएनन् ? ऋण लिँदा जहाँ खर्च गर्न भिनएको हो त्यहाँ भयो भएन ? अथवा ठेक्का पट्टा पारदर्शी भए वा भएनन् भनेर त्यतापटि विपक्षि दलहरुले अथवा मिडियाले अथवा आम जनताले खबरदारी गर्न जरुरी छ । ऋण नै लिन हुदैन भनेर भन्नु चाँही हास्यापद हो । ऋण लिएरै हो ब्यक्तिले, संस्थाले वा कुनैपनि देशले प्रगती गर्ने भनेको । ऋण लिँदा सावाँ र ब्याज तिर्ने दायित्व हुन्छ, दायित्वले जाँगर वा उत्साह बढाउँछ । फेरी ऋण भनेको निश्चित उदेश्यमा लिइने हो । ऋणले ती उदेश्यरु पुरा गर्ने विषयमाथी सरोकार राख्छ । त्यसकारण सार्वजनिक ऋण बढ्यो भनेर चिन्ता गरेर मात्र हुदैन । ऋण नै नलिने हो भने विकास नै नगर्ने पनि भन्न सक्नुपर्यो । ससांरले आधुनिक विकासमा ठुलो फड्को मारिसक्यो, हामीले देशमा भएका प्राकृतिक स्रोत साधनको उपयोग गर्ने नीति लिन किन डराउने ? प्रतिस्पर्धाबाट किन भाग्ने ? फेरी संसारका विकसित भनिएका देशहरुसँग चाँही सार्वजनिक ऋण नभएका हुन् र ? फेरी विकासको खातिर संर्घष गरिरहेको देशसँग ऋण हुनु स्वभाविक हो । मुख्य कुरा ऋण भोलीका दिनमा तिर्न सकिने हुनुपर्यो । ऋण गरेर बनाइएका पुर्बाधारहरु प्रतिफलमुखी हुनुपर्यो र त्यसले जनतालाई सुविधा र राहत दिनुपर्यो ।
मुलुक नै ऋणको भारीले थिचिने त होइन् ? भन्ने आम चिन्ता स्वभाविक पनि छ । तर ऋणको सही सदुपयोग गरेर अधिकतम प्रतिफल दिने आयोजनाहरु सम्पन्न गर्दा देशलाई हुने लाभ पनि त हजारौं गुणा बढी छ । त्यसकारण सरकारलाई अनुत्पादक क्षेत्रमा, जभाभावी ऋण गर्न भने दिनु हुदैन । तर सहि ठाउँमा, सही कामका लागि पारदर्शी हिसावले गरिने लगानीका लागि ऋण जरुरत छ ।
यद्यपी नेपालमा ऋण रकम सदुपयोग भयो वा दुरुपयोग त्यसको मसिनो खोजपड्ताल वा बहस भएका छैनन् । ऋण बर्षेनी बढीरहेको देखिन्छ । जसोजसो ऋण बढीरहेको छ, सार्वजनिक दायित्व व्यवस्थापनका लागि बजेटमै ठुलो रकम (आगामी आर्थिक बर्षका लागि ४ खर्ब बढी) छुट्याउनुपर्ने बाध्यता उत्तिकै छ । जसको प्रभाव स्वरुप पुजीँगत तर्फको बजेटको हिँस्सा बर्षेनी घटीरहेको देखिन्छ । एकातिर विकास बजेट घट्ने अर्कोतर्फ आन्तरिक तथा वाह्य ऋणको ग्राफ बढ्ने हुँदा कतै मुलुक नै ऋणको भुमरी पर्ने त होइन भन्ने चिन्ता स्वभाविक छ । सरकारले ऋणको ब्यवस्थापन, ऋणको अधिकतम उपयोग तथा ऋण बढ्दाको चिन्ता भने लिएको देखिदैन ।
नेपालको सार्वजनिक ऋणमा बाह्यतर्फ ५०.३२ प्रतिशत र आन्तरिक तर्फ ४९.६८ प्रतिशतको हिस्सा रहेको तथ्याकं छ । नेपालको जीडिपीको ४४.८७ प्रतिशत पुगिसकेको सार्वजनिक ऋण रकम प्रतिब्यक्ति हिसाव गर्दा १ लाख बराबर हुनपुग्छ । सार्वजनिक ऋणको ग्राफ बढीरहँदा त्यसरी सरकारले लिइरहेको ऋण रकमको उपदायता वा त्यसको सदुपयाग भएको छ, कि छैन ? त्यसतर्फ प्रर्याप्त लेखाजोखा वा पब्लिक अडिट हुन सकेको छैन । कुन–कुन प्रयोजनका लागि कहाँ कहाँबाट ऋण रकम लिइएका छन् र त्यसको सही सदुपयोग भएको छ कि छैन ? भन्नेतर्फ आम चासो हुनुपर्ने बेला आएको छ । अन्यथा सरकार ऋण लिइरहने, जनता त्यसको भारीले थिचिने अवस्थाले सताउन सक्छ । किनकी दाता देशहरुले ऋण तिर्न ताकेदा गर्दा सरकारले त्यसको लागि स्रोत जुटाउन जनतामा करको बोझ बढाउने वा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनतामै निर्भर रहने बाहेकको अन्य विकल्प हुदैन । फेरी अहिले त प्रदेश तथा स्थानिय तहलाई समेत आन्तरिक ऋण उठाउन पाउने अधिकार दिइएको छ । जसले गर्दा सार्वजनिक ऋण अरु बढदै जाने देखिन्छ ।
संसारका धेरै देशहरु आज पनि ऋणमा छन् । तर उनीहरु ऋणको सदुपयोग गर्दै बहुआयामिक विकासकोे सिँढी चढीरहेका छन् । नेपालमा एकाथरी मान्छेहरु सार्वजनिक ऋण हुन्ु नै हुदैन भन्याजसरी पनि कुर्लिन्छन् । जनताका छोराछोरीलाई जन्मदै ऋण बोकाउने ? भनेर पनि प्रश्न गर्छन् । तर ऋण बढ्नु उति चिन्ताजनक होइन, जति ऋण रकमको दुरुपयोग बढ्नु वा त्यसको सदुपयोग नै नहुनु चिन्ताजनक हो । बरु त्यसतर्फको अडिट हुनुपर्ने हो । सार्वजनिक ऋण कति फलदायी भयो, कति सदुपयोग भयो वा भएन भनेर हेरिनुपर्ने हो । तर त्यसो भएका छैनन् ।
दातृ निकायहरुले अथवा पब्लिकले सरकारले ऋण तिर्न सक्छ भन्ने भएपछि दिन्छन् । त्यसो हुँदा ऋण रकम प्रवाह गर्ने आइएमएफ, विश्व बैक, एसियाली विकास बैक, क्षेत्रिय तथा अन्य अन्तराष्ट्रिय स्तरका बंैकहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै अथवा असमानता कम गर्ने मक्सदले पनि हाम्रा जस्ता गरिव राष्टहरुलाई ऋण रकम पत्याइरहेका छन् ।
अन्र्तराष्टिय मुद्रा कोषको सन् २०२४–२ को तथ्याकं अनुसार जापानको सार्वजनिक ऋण जीडीपीको २५५ प्रतिशत छ । त्यसैगरी जीडिपीमा ग्रीसको १७० प्रतिशत, इटालिको १४५ प्रतिशत, अमेरिकाको १२० प्रतिशत, फ्रान्सको ११५ प्रतिशत, स्पेनको ११० प्रतिशत, बेल्जियमको १०५ प्रतिशत र बेलायतको सय प्रतिशत पुगिसकेको अवस्था छ् । अर्थतन्त्रमा सार्वजनिक ऋणको ग्राफ बढीरहेका माथी उल्लेखित ठुला साना राष्ट्रहरु कोही अति विकासत हुन भने कतिपय विकासको सिँढीहरु तिव्र रुपमा उक्लिरहेका मुलुकहरु हुन् । उनीहरु सम्पन्न भएकैले पुँजीका बागडोर सम्हालेका राष्ट्रहरु तथा विश्वका अन्र्तराष्ट्रिय स्तरका बैंकहरुले उनीहरुलाई नै ऋण पत्याएका छन् । जस्तो हाम्रै छिमेकी देशहरु श्रीलंका, भुटान पुर्वाधार विकासमा धुरन्धर अघि बढीहरेको देशहरु हुन् । उनीहरुले खासगरी पर्यटन तथा उर्जा क्षेत्रको पुर्वाधारमा बढी खर्च गरिरहेका देखिन्छन् । त्यसमा उनीहरु भविष्य देख्छन् । त्यसकारण नेपालले ऋणदेखि डराएर विकास बजेटलाई खुम्चाउँदै लैजाने होइन् बरु सही आयोजनाहरु छनौट गरी शिघ्र आर्थिक विकास हासिल गर्ने दौडमा लाग्नुपर्छ । सार्वजनिक ऋण रकमको सही र प्रतिफलमुखी आयोजनाहरुको विकासमा केन्द्रित गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

Advertisement