काठमाडौं २६ जेठ २०८३– प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई नियुक्त गर्ने निर्णय गरेका छन्। सम्पत्ति विवरण र व्यावसायिक साझेदारी सम्बन्धी विवादपछि राजीनामा दिएका गुरुङलाई मन्त्रिपरिषद्ले छानबिन प्रतिवेदन स्वीकार गरेसँगै पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री गुरुङमाथि अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। उक्त प्रतिवेदनले गुरुङको सम्पत्ति तथा आयस्रोतका सम्बन्धमा कुनै अस्वाभाविक अवस्था नदेखिएको निष्कर्ष निकालेपछि उनको पुनरागमनको बाटो खुलेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार गुरुङलाई गृहमन्त्रीका रूपमा पुनर्नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाइएको छ। उनको शपथग्रहण कार्यक्रम मंगलबार नै तय गरिएको छ।
गुरुङले व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। भट्टसँगको सेयर लगानी तथा व्यावसायिक सम्बन्धका विषयमा सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि उनले नैतिक जिम्मेवारी वहन गर्दै पद छाडेको घोषणा गरेका थिए












तपाईको प्रतिक्रिया