हर्कलाई बालेनले भने– तपाईं र धरानलाई सधैँ माया

Bizness Post बिजनेस पोष्ट
|
१ महिना अगाडि

काठमाडौँ २४  फाल्गुन २०८२ ।

सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पहिलो भएको घोषणा गरेपछि रास्वपा नेता प्रमुख बालेन्द्र शाहले प्रतिक्रिया दिएका छन्।
आइतबार सामाजिक सञ्जालबाट साम्पाङले यस्तो घोषणा गरेपछि बालेनले पनि त्यसमा कमेन्ट गर्दै हर्क र धरानलाई सधैँ आफ्नो माया रहेको प्रतिक्रिया दिएका हुन् । “लु अब चाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!” साम्पाङले फेसबुकमा लेखेका थिए ।

बालेनले उक्त पोस्टमा प्रतिक्रिया दिँदै भने, “तपाईंलाई सधैँ माया थियो, छ र रहनेछ। तपाईं र धरानलाई सधैँ माया छ ।”

तपाईको प्रतिक्रिया