सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो : माओवादी केन्द्र

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौं १९ भाद्र २०८२-

नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल नियमनको नाममा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आशंका व्यक्त गरेको छ। बिहीबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकारको पछिल्लो गतिविधिले यस्तो शंका उत्पन्न भएको बताए।

सापकोटाले भने, “सामाजिक सञ्जाल नियमन गर्नुपर्ने आवश्यकता भए पनि सरकारको पछिल्लो कदम हेर्दा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिएको जस्तो देखिन्छ। हामीले यो विषयलाई गम्भीरतापूर्वक अध्ययन गरिरहेका छौँ र चाँडै हाम्रो आधिकारिक धारणा सार्वजनिक गर्नेछौँ।”

उनले थपे, “प्रथम दृष्टिमा सरकार सामाजिक सञ्जाल नियमनको बहानामा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन उद्धत भएको हो कि भन्ने हामीलाई लागेको छ।”

माओवादी केन्द्रले यो विषयमा थप अध्ययन गरेर सरकारको नीति र कदमबारे स्पष्ट धारणा बनाउने जनाएको छ। सरकारको पछिल्लो कदमले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा पनि चिन्ता बढाएको छ।

तपाईको प्रतिक्रिया