काठमाडौँ २४ फाल्गुन २०८२
रास्वपाले प्रतिनिधिसभा निर्वाचन २०८२ मा स्पष्ट बहुमतमा अग्रता कायम गरेको छ । प्राप्त नतिजा अनुसार प्रत्यक्षतर्फ १६५ सिटमध्ये १३७ क्षेत्रको मतगणना सकिएको छ भने २८ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये १८ क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् ।
हालसम्मको घोषित नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । अन्य दलहरूको अवस्था निकै कमजोर देखिएको छ । नेपाली कांग्रेसले १५ सिट, नेकपा (एमाले) ले ७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ६ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट, श्रम संस्कृति पार्टीले १ सिट र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन् ।
गत बिहीबार भएको निर्वाचनपछि मतगणना क्रमशः जारी छ । प्रत्यक्षतर्फ मतगणना सकिएका क्षेत्रमा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । समानुपातिकतर्फ पनि रास्वपाको स्पष्ट अग्रता कायम छ ।











तपाईको प्रतिक्रिया