लक्ष्मण गौतम
मलाई अझै ताजै छ । सन २००१ मा म १ महिनाको लागि नेपाल आएको थिए ( २५ बर्ष अघि ) । बिहानको समयमा घरको landline ६०३४८ मा कल आयो । मैले कल receive गरे । उताबाट बुवाको नाम लिएर कता छन भनेर सोधियो , मैले खोई थाहा छैन भने, त्यो ब्यक्तीले बुवालाई सम्झाईदेउ नत्र ठिक हुन्न भने । बुवा आए पछि मैले यो कुरा सुनाए । त्यो बेला मेरो बुवाहरुले मणिग्रामको चोकमा ( अहिलेको मणिग्राम चोकको दक्षिण तर्फको बजार / बस्ती ) ५ बिघा प्लटिङ गर्दै हुनु हुन्थ्यो र माओबादीले चन्दा मागेको रहेछन । त्यो बेला नेपालमा गरि खाने स्थिती थिएन ।
त्यती बेला फोन गरेर धम्की दिदै चन्दा माग्ने मान्छे अहिले पनि यही बुटवलमै छन, धनिमानी छन, समाजमा प्रतिष्ठित छन । उती बेलाका चोरहरु अहिले समाजका बशिष्ठ मान्छेहरु बनेका छन । २०६४ को चुनावमा जनताले मत परिवर्तन भन्दै माओबादीलाई २२० सिट दिए , देश २० बर्ष पछाडी धकेलियो । नेपाली जनताले भावनामा बगेर बारम्बार गल्ती गर्दा देशले बारम्बार दुख पाएको छ । १० बर्ष जनयुद्द लडेर सत्तामा आएको माओबादी सत्तामा पुगेपछि ४-५ टुक्रा भयो र आफ्नै कारणले सत्ताच्युत भयो । आज माओबादी भन्ने पार्टी नै छैन , तारा बोकेर हिडेका छन ।
ब्यापारीले पैसा कमाएको रिस, छिमेकीले प्रगती गरेको रिस , गाउमा कोदालो खन्न अल्छी लागेर सामाजिक संजालमा पुराना दल , देशका ठुला ब्यापारीहरु , जिवनमा प्रगती गरेका मान्छेहरुलाई गाली गर्दा गर्दै फेशबुकमा followers बटुलेकाहरुबाट रास्वपा भन्ने पार्टी बन्यो । बिभिन्न पार्टीका अवसरबादीहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय ठगहरु रास्वपामा जोडिदै गए । चिन र भारत बिचको नेपाली भुमी प्रयोग गर्नका लागि पश्चिमाहरुले पनि funding गर्दै गए । media manipulation ब्यापक रुपमा गरियो र रास्वपालाई digitally बलियो बनाउदै लगियो । जेन्जी आन्दोलनको नाममा अन्तराष्ट्रिय शक्तीकेन्द्रहरुले रास्वपाको प्रयोग गरेर देश जलाए र देशलाई चुनावमा लगेर सत्ता कब्जा गर्ने कोशिस गरिदै छ । अहिलेका घण्टेहरु त्यो बेलाका माओबादी भन्दा पनि अराजक बन्दै गएका छन ।
राजाको सालिकमा टेक्ने, अरुको झण्डा जलाउने, अरुको झण्डामा मुत्ने, अरुलाई जथानाम जथाभावी गाली गर्ने अप्रजातान्त्रिक र अमानवनिय गुणले घण्टेहरुले नेपाली समाजलाई नै अश्लिल बनाउदै छन । देशका ७ वटा अदालतमा किर्ते राहदानी, सहकारी ठगी, संगठित अपराध, सम्पत्ती सुद्दिकरणका मुद्दा खेपिरहेकाहरुले शुसासनको कुरा गर्दै छन । २०६४ मा मत परिवर्तन गरेर देशलाई २० बर्ष पछाडी धकल्ने काम भो , अब २०८२ मा पनि मत परिवर्तन गरियो भने हुने त्यही नै हो । अराजनितीक मान्छेहरुबाट राजनिती सम्भव हुदैन । देश आबेग , उत्तेजना र गाली गलोजले होईन भिजन , एजेण्डा र संयमताले बन्छ । मत परिवर्तनका नाममा देशले फेरी दुख नपाओस ।











तपाईको प्रतिक्रिया