नागरिक लगानी कोषको नाफा बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं २५ माघ २०८२ नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  कोषको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कोषले ६२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कोषको कुल आम्दानी १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.८६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिसम्म कोषको कुल आम्दानी १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा सेवा शुल्क तथा कमिसन आम्दानी बढेपछि कोषको नाफामा सुधार आएको देखिएको छ। सेवा शुल्क तथा कमिसन आम्दानी ८१ करोड १ लाख रुपैयाँबाट बढेर ८३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। यद्यपि खुद ब्याज आम्दानी भने १९ करोड ३३ लाख रुपैयाँबाट घटेर १७ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

तपाईको प्रतिक्रिया