|
९ महिना अगाडि
भोजपुर ७ माघ २०८२- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ–आफ्ना उमेदवारी दर्ता गराएका छन् । दलको उमेदवारी हेर्दा महिला उमेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ ।
यहाँबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उमेदवारले मनोनयन दर्ता गराएका छन् । तीनमा महिलाको संख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि मुख्य दलहरूले नै महिला उमेदवार सहभागी नगराएका हुन् ।










तपाईको प्रतिक्रिया