वासिङ्टन डिसी २५ मंसीर २०८२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १० लाख डलर भुक्तानी गर्न सक्ने सम्पन्न विदेशीहरूलाई अमेरिकी भिसा दिने एक योजना सुरु गरेका छन्।
ट्रम्पले बुधवार ट्रुथ सोसलमा लेखेका छन्, ‘यो कार्ड खरिदकर्ताहरूलाई सबै योग्य र प्रमाणित व्यक्तिहरूको लागि नागरिकताको सोझो बाटो दिनेछ। यो निकै रोमाञ्चक छ। हाम्रा महान् अमेरिकी कम्पनीहरूले अब आफ्नो अमूल्य प्रतिभालाई कायम राख्न सक्नेछन्।’
ट्रम्प गोल्ड कार्डको घोषणा यसै वर्षको सुरुवातमा गरिएको थियो। आधिकारिक वेबसाइटका अनुसार, यो एक अमेरिकी भिसा हो जुन ती व्यक्तिहरूलाई दिइन्छ जसले देशलाई ‘महत्त्वपूर्ण लाभ’ दिने कुरा प्रमाणित गर्न सक्छन्।
यो योजना यस्तो समयमा आएको हो जब वासिङ्गटनले आफ्नो अध्यागमनमा कडाइ बढाइरहेको छ, जसमा कामदार भिसा शुल्क बढाउने र कागजातविहीन आप्रवासीहरूलाई निष्कासन गर्ने समावेश छ।
गोल्ड कार्ड योजनाले ‘रेकर्ड समय’ मा अमेरिकी नागरिकता दिने वाचा गरेको छ र यसका लागि १० लाख डलर शुल्क तिर्नुपर्नेछ।
र्मचारीहरूलाई प्रायोजन गर्ने व्यवसायहरूले २० लाख डलरको साथै थप शुल्क पनि तिर्नुपर्नेछ। वेबसाइटले कार्डको एक ‘प्लाटिनम’ संस्करण पनि रहेको बताएको छ, जसले विशेष कर छुट दिन्छ र यो छिट्टै ५० लाख डलरमा उपलब्ध हुनेछ।एजेन्सी











तपाईको प्रतिक्रिया