सुनको मूल्य ३ हजार ८०० ले घट्यो

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाण्डौ २  मंसिर २०८२-नेपाली बजारमा सुनको भाउ घटेको छ। सुन आज ३ हजार ८ सयले घटेको हो ।

नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ३ हजार ८०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५०० कायम भएको हो।

सोमबार एक तोला सुन २ लाख ४३ हजार ३०० मा खरिदबिक्री भएको थियो।सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। यसदिन एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया