काठमाडौँ २९ श्रावण २०८२–
नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थाले गत आवको अन्तिमसम्म ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आव २०८०र८१ को तुलनामा शतप्रतिशतभन्दा बढी हो ।संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेको छ ।अघिल्लो आवमा संस्थाले २० करोड पाँच लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ४४.६० प्रतिशतले बढेर एक अर्ब ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कमिसन आम्दानी २१.६३ प्रतिशतले बढेर २३ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
गत आवमा संस्थाको निक्षेप संकलन २३.२३ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । कर्जा परिचालन २४ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा अनुपात ४.११ प्रतिशत पुगेको छ । अघिल्लो आवमा संस्थाको एनपीएल ३.६९ प्रतिशत रहेको थियो ।
उक्त अवधिसम्म संस्थाको सीडी रेसियो ३८९.२८ प्रतिशत छ । बेस रेट ११.३२ प्रतिशत छ । संस्थाको वितरणयोग्य मुनाफा ४४ करोड एक लाख ८३ हजार रुपैयाँ छ ।
संस्थाको चुक्ता पुँजी एक अर्ब ३३ करोड १६ लाख रुपैयाँ छ । संस्थाको लाभांश क्षमता ३३.०५ प्रतिशत छ ।












तपाईको प्रतिक्रिया