पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेल उपकुलपति नियुक्त

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौँ २८ श्रावण २०८२।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेल उपकुलपति नियुक्त भएका छन्। उनी सङ्गै अरु तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेका छन् ।

जानकारी अनुसार पोखराका उपकुलपति डा भरत खत्रीले नियुक्ति पत्र बुझेका छन्, अन्य तीन जनालाई बुधबार बिहान बोलाइएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि प्राडा विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन्। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकाया नियुक्त भएका छन्।

सरकारले स्वास्थ्यमन्त्री पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरेको थियो । उक्त कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए।

तपाईको प्रतिक्रिया