बालेनले बोलाए कार्यपालिका बैठक

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाडौँ २६ असार २०८२, ।

काठमाडौँ महानगरपालिकाक मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका छन् । भोली दिउँसो २ बजे बस्ने गरी मेयर शाहले काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बोलाएका हुन् ।

यसअघि बजेट स्रोत समितिको बैठक बस्ने बालेनको सचिवालय जानकारी गराएको छ । सो पश्चात् उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ ।

यसैगरी सबै कानुनी औपचारिकता पूरा भएको खण्डमा शुक्रबाट २ बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ र सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्त भित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतले जानकारी गराएको छ ।

महानगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच् विवाद चर्किदा महानगरको बजेट ढिलाइ भएको हो ।

तपाईको प्रतिक्रिया