सञ्चालनमा आयो ग्वार्को ओभर पास

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

ललितपुर ६ असार २०८२-।

चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको ओभर पास सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका छन् ।

अब चक्रपथको गाडी नरोकी सिधै ओभर पासमाथिबाट गुड्नेछ । मंगलबजारदेखि इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी भने पुलमुनिबाट जानेछन् । ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ ।

Advertisement

करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएकोमा काम सक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ ।

तपाईको प्रतिक्रिया