तपश्वी रामबहादुर बमजनले उच्च अदालतबाट पाए सफाइ

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौँ ४ बैशाख २०८२।

तपश्वी रामबहादुर बमजनले यौन दुराचार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् ।
सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको आरोप उनीमाथि थियो ।

सर्लाही जिल्ला अदालतले यसअघि बमजनलाई दोषी ठहर गरेको थियो । तर, सो फैसला उच्चले उल्ट्याएको हो।
न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए ।
बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए

तपाईको प्रतिक्रिया