जेनजी आन्दोलनमा : कुन–कुन माओवादी नेताको घरमा भयो क्षति ?

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौँ २८ भाद्र २०८२।

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी नेताहरूको घरमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । हालसम्म प्राप्त विवरण अनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ।
१.अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।

२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नावशेषमा परिणत।

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।

८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट।

९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट।

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।

१२. केन्द्रीय सदस्य रेणु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आगजनी।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।

१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।

१९. ⁠प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड।

२०. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त

२१. बाँकी थप क्षतिको विवरण सङ्कलन हुँदै ।

तपाईको प्रतिक्रिया