बिजनेस पोष्ट

काठमाण्डौ ३० चैत्र २०८१
नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु. नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको ४३औँ वार्षिक साधारणसभामा शुक्रबार (२९ चैत) सो जानकारी दिइएको हो ।
निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरिएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया