जीतपुर-सिमरा उपमहानगरपालिकाले स्थापना दिवस मनाउन दियो सार्वजनिक बिदा

बिजनेस पोष्ट

काठमाडौँ २६ फाल्गुन २०८१

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले मंगलवार स्थापना दिवस मनाउने भएको छ ।

स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले पालिकाभर मंगलवारका लागि सार्वजनिक बिदा दिने घोषणा समेत गरेको छ ।

मेयर राजन पौडेलले २५ फागुनमा स्थापना दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

यसैबीच उपमहानगरपालिकाले ९ वटा आयोजनाहरुको आन्तरिक ठेक्का प्रक्रिया अघि वढाउने निर्णय गरेको छ । काठमाडौँ महानगरपालिकाले जीतपुरसिमरालाई भगिनी सम्बन्धका लागि पठाएको पत्रलाई स्वीकार गर्दै यो सम्बन्ध कायम गर्ने प्रक्रिया अघि बढाउने बैठकको निर्णय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया