नेपाल बैंक ८९ औं वर्षमा प्रवेश

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाण्डौ १ मंसिर २०८२- नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड शुक्रबार आफ्नो ८८ औं वर्ष पूरा गरी ८९ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष डा। डिल्लीराज शर्माले गरेका थिए।

नेपालभर २३१ शाखाहरू, २३७ एटिएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जालमार्फत् करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिंङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ । करिव १० लाख ग्राहकले डिजिटल प्रविधिमार्फत् बैंकिंङ सेवा लिइ लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिइ युवा जनशक्तिमार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया