माछापुच्छ्रे बैंकले गर्यो लाभांश घोषणा

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौं १३ भाद्र २०८२

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल ८ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। माछापुच्छ्रे बैंक यो आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

तपाईको प्रतिक्रिया