सर्वसाधारणका टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ लागि खुला

Bizness Post बिजनेस पोष्ट
|
४ घण्टा अगाडि

काठमाडौं २३ बैशाख २०८३, 

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो ।

यसअघि आयोजना प्रभावित भोजपुरका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आसबा प्रणाली सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत दिन सकिनेछ ।

आईपीओमा छिटोमा वैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया