काठमाण्डौ २५ पौष २०८२ – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.१७८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाखको १०. १७८ प्रतिशतका दरले हुने रकम ५१ करोड ४ लाख १८ हजारबराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा बिहीबार रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न भयो । साधारणसभामा प्रस्तुत आव २०८१र०८२ वार्षिक प्रतिवेदनसहित लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा र अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम हुँदै आएको बताए । उनले शाखा सञ्जालको विस्तार, सूचना प्रविधिको प्रयोग, मजबुत आन्तरिक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययिता, कर्मचारीहरूको उच्च मनोबल, बिमितहरूको विश्वास तथा अभिकर्ताहरूको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकीय भूमिकाका साथै मार्गनिर्देशनका कारण बिमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराए ।












तपाईको प्रतिक्रिया