भारतले नेपालबाट थप ८० मेगावाट बिजुली किन्ने

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाण्डौ ६ भदौ २०८२

नेपालको थप ८० मेगावाट बिजुली खरिदका लागि भारत सरकारले सहमति प्रदान गरेको छ। नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको उक्त परिमाणको बिजुली खरिद गर्न भारत सरकारले सहमति प्रदान गरेको नेपाल विदुत् प्राधिकरणले जनाएको छ ।

यो सँगै नेपालले भारतसँग १०९० मेगावाट बिजुली निर्यात गर्नेछ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट बिजुली नेपालले निर्यात गर्नेछ । त्यस्तै, नेपालले बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिसकेको छ । पछिल्लो पटक साउन २६ गते भारत सरकारले २ सय मेगावाटको लागि अनुमति प्रदान गरेकोमा यही भदौ ५ गते थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो।

वाइल्याटरल सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि रहेको छ भने यो अनुमति मेगाघाट खोला ४८.५ र करुवा सेती हाइड्रोपावर ३१.०४ मेगावाटका लागि रहेको प्राधिकरणले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया