वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको विज्ञ सञ्चालकमा कोइराला

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौं १३ असार २०८२ ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सञ्चालक समिति सदस्यमा विज्ञको रुपमा सन्तोष कोइराला मनोनित भएका छन्। उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार उनलाई दुई वर्षको लागि विज्ञ (बैंकर)को रुपमा मनोनित गरिएको हो।

कोइराला नेपाल बैंकर्स एशोसियनका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन्। उनले बुधबार मनोनयनको पत्र बुझेका छन्। केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले उनलाई पत्र हस्तान्तरण गरेका हुन्।

तपाईको प्रतिक्रिया